अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आजदेखि काठमाण्डुमा सुरु
जानकारी केन्द्र
२०७३, जेष्ठ, ६
अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आजदेखि काठमाण्डुमा सुरु भएको छ । नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ हो भन्ने विषयमा सन्देश फैलाउन सरकारले सम्मेलन आयोजना गरेको हो । काठमाडौंको सोल्टी होटलमा सुरु गोष्ठीको उद्घाटन मुल आयोजक समितिका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन । गोष्ठीमा भाग लिन नेपालसहित २५ मुलुकका धर्मगुरु, भिक्षु, भिक्षुणी, ज्ञाता र सरकारी प्रतिनिधि राजधानी आइपुगेका छन् । काठमाडौंमा हुने दुई दिने गोष्ठी सकिएपछि शनिबार लुम्बिनीमा २५६० औं बुद्ध जयन्ती मनाइनेछ । कार्यक्रममा भाग लिन भारत, चीन, कोरिया, जापान, बंगलादेश, श्रीलंका, अमेरिका, बेलायत, दोहा, बर्मा, मंगोलिया, भुटान, अष्ट्रेलिया, थाइल्याण्डबाट प्रतिनिधिहरु आएका छन् । आयोजकका अनुसार गोष्ठीमा भाग लिन श्रीलंका र थाइल्याण्डबाट पर्यटन मन्त्री आइपुगेका छन् । बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । दुई दिने कार्यक्रममा बौद्ध दर्शनसँग सम्बन्धित कम्तीमा १८ विदेशी र ६ नेपाली विद्धानहरुका कार्यपत्र प्रस्तुत गर्नेछन् । गोष्ठीबाट निस्किएको निश्कर्षलाई शनिबार लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा घोषणापत्रमार्फत जारी गरिने छ । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहको शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

