Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

आयल निगमका कर्मचारीले पाउने भए ९० करोड बोनस

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, ७
आयल निगमका कर्मचारीले पाउने भए ९० करोड बोनस

नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् ।

निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको हो ।

बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टाउनु पर्छ । गत आार्थिक वर्षमा निगमलेको वासलातमा बोनस शिर्षकमा ९० करोड छुट्टाएको छ ।

निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्ता गरेपछि बोनस बाँड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ । आजको कारोबार दैनिकमा खबर छ ।

 

Top Changing Nepal

युट्युब सट्स