• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १७ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १७ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १९ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २० घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २३ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

अाजको पत्रिकामा छ- नासामा नेपाली वज्ञानिकको उपलब्धि

admin २०७३, जेष्ठ, ९

अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डा. सुरेन्द्र अधिकारी संसारभरिबाट पग्लिएको हिउँ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए ।

अन्टार्कटिका, ग्रिनल्यान्डजस्ता हिउँ थुप्रिने ठाउँको हिउँ बिलाएर समुद्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययनअनुसन्धानका निष्कर्ष पढे । हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्य पत्ता लगाए ।

उनको अध्ययनले भन्यो– पृथ्वीको उत्तरी ध्रुव पूर्वतिर तीव्र गतिमा सरिरहेको छ जुन अस्वाभाविक हो । एक सय १५ वर्षदेखिका उपलब्ध तथ्यांक विश्लेषण गर्दा निस्किएको निष्कर्षले विश्वको ध्यान तान्यो र नेपाली वैज्ञानिक अधिकारी एकाएक सेलिब्रेटी बने ।

बीसौं शताब्दीमा प्रतिवर्ष दस सेन्टिमिटरका दरले क्यानाडाको दिशातिर अघि बढिरहेको ध्रुव अहिले दोब्बर गतिमा अर्को दिशातर्फ बढिरहेको उनले पत्ता लगाए । ‘२१ औं शताब्दीको सुरुआतदेखि भने पोल प्रतिवर्ष २० सेन्टिमिटरका दरले लन्डनतिर सर्न थाल्यो जुन पृथ्वीमा आएको नाटकीय परिवर्तन हो’, अधिकारीले अन्नपूर्णसँग भने ।

पृथ्वीको ध्रुवबारे नै नयाँ तथ्यको संकेत मिलेपछि अधिकारी र उनलाई साथ दिइरहेका अमेरिकी वैज्ञानिक एरिक इभिन्सको ध्यान नयाँ विषयतिर पूरै मोडियो । यसका लागि उनले तारा तथा अन्य ग्रहको पुरानो र नयाँ स्थान (पोजिसन) का बारेमा पनि अध्ययन गरे । अन्त्यमा निष्कर्ष निकाले– पृथ्वीको उत्तरी ध्रुव दक्षिणी ध्रुवको तुलनामा हलुंगो पनि छ । सन् १८९९ देखि नै वैज्ञानिकले गर्दै आएको ध्रुव र त्यसको चालबारेको निष्कर्षले पनि यसलाई थप पुष्टि गर्‌यो ।

उनीहरूले अर्को नयाँ तथ्य पनि पत्ता लगाए– पृथ्वीको उत्तरी धु्रव पूर्वतिर सर्नुको कारण ग्रिनल्यान्ड वा अन्टार्कटिकाको हिउँ पग्लिनु मात्रै होइन, एसियामा बढिरहेको खडेरी पनि हो । ‘एसियामा पानीको परिमाण कम हुँदा कतिपय स्थानमा बढी पानी जम्मा भएको छ, जसले पृथ्वी नै असन्तुलितजस्तो देखियो’, अधिकारीले भने ।

उनका अनुसार दक्षिणएसियामा खडेरीका कारण पृथ्वीको एक भागको तौल नै हलुका भयो र गह्रुँगो भागले धकेल्दा पूर्वतिर सरेको हो । ‘हिमाली क्षेत्रको हिउँ पग्लिँदा हिउँ भएको स्थान हलुका भयो र हिउँ पग्लिएर पानी जम्मा भएको ध्रुव थप गहु्रँगो बन्यो’, अधिकारीले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी परिसरमा संवाददातासँग भने, ‘पृथ्वीको तौल एकातिर घट्दा अर्कोतर्फ थुप्रिन्छ । पानी एकातिर सुक्दै अर्कातर्फ थुप्रिँदै गएको छ । २–४ किलोमिटर बाक्लो हिउँ पग्लिँदै पानी बन्न थालेको छ । त्यसले समुद्रको सतह बढाएको छ र पृथ्वीको भार एकबाट अर्को ठाउँमा सरेको छ ।’

उनी संलग्न संस्था अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले गरेका अनुसन्धानमध्ये साइन्स एड्भान्स जर्नलमा प्रकाशित अधिकारीको यो पछिल्लो अध्ययन धेरै खोजिएका एक सयको सूचीमा समेत पर्‌यो । त्यसपछि त उनको चर्चा झन् चुलियो । ‘पचासभन्दा बढी अन्तर्राष्ट्रिय ठूला सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइसकें । सर्वसाधारण र वैज्ञानिक समुदायकै पनि यस विषयमा सोचेभन्दा धेरै चासो र जिज्ञासा आयो’, नयाँ अध्ययनको तयारी गरिरहेका अधिकारीले उत्साहित हुँदै भने ।

अधिकारीले जलवायु परिवर्तनका कारण पृथ्वीमा आइरहेका अन्य परिवर्तन र असरबारे थप बृहत् अध्ययनको तयारीसमेत गरिरहेका छन् । ‘जलवायु परिवर्तनका कारण ध्रुवीय प्रणाली नै बदलिएको तथ्य विश्वकै लागि नौलो भयो । यसबारे थप अध्ययनको तयारीमा छु’, उनले भने ।

अधिकारी नासाको क्यालिफोर्नियास्थित जेट प्रपल्सन ल्याब्रोटरीका वैज्ञानिक हुन् । सन् १९९८ मा सौभाग्य स्कुलबाट एसएलसी दिएका अधिकारीले राजधानीको अमृत साइन्स कलेजबाट आईएस्सी गरे । कक्षामा दाजुसँग पहिलो स्थानका लागि प्रतिस्पर्धा गर्ने अधिकारीलाई इन्जिनियर बनाउने उनको परिवारको चाहना थियो । ‘म गणितमा सानैदेखि रुचि राख्थें । अन्ततः मेरो पढाइको रुचि अन्यत्रै मोडियो’, अधिकारीले भने । बेल्जियमको फ्री युनिभर्सिटीबाट भूगर्भ इन्जिनियरिङमा एमई सकेपछि उनले युनिभर्सिटी अफ क्यालगेरी (क्यानाडा) बाट सन् २०१२ मा विद्यावारिधि गरे ।
अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.