Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

शेष घलेको छोरा भन्दै अमेरिका पठाइ दिन्छु भनि ठगी गर्ने पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, ९
शेष घलेको छोरा भन्दै अमेरिका पठाइ दिन्छु भनि  ठगी गर्ने पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा चितवन पार्वतीपुर बस्ने तनहुँ मनपाङ गाविस–२ शेराटारका २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले आकाश घलेको नामको फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई आफु शेष घलेको छोरा आकाश घले भएको र हाल अमेरिकामा बस्दै आएको भन्दै अमेरिका आउने हो भने नेपालमा मेरो साथी छ उसलई भेटनुस भनेर सम्पर्क नम्बर लिने र आफै आकाश घलेको साथी बनि भेट्दै केटीहरुलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेको खुल्न आएको छ ।
प्रारम्भिक सोधपुछको क्रममा श्रेष्ठ बिगत १० बर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा रही गत बैशाख २५ गते नेपाल फर्किएको र निजले फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई बिभिन्न बहानामा ठगी गर्ने गरेको स्वीकार गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ जानकरी दिएको  छ ।

Top Changing Nepal

युट्युब सट्स