माओवादी केन्द्रमा यस्तो नौ सदस्यीय हेडक्वाटर
पदाधिकारी चयनमा सहमति जुटन नसकेपछि नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नौ सदस्यीय हेडक्वाटर बनाउने निर्णय गरेको छ ।
पदाधिकारी सहित एकल पदीय वा बहुपदीय कुन ब्यवस्थामा जाने सहमति जुटन नसकेपछि तत्कालकोलागि हेडक्वाटर बनाएर जाने सहमतिसहित निर्णय गरेको हो । हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा, तिलक परियार, मातृका यादव, देव गुरुङ, जयपुरी घर्ती र मणि थापा लगायतका रहेका छन ।
त्यसैगरी बैठकले जेठ महिनाभरी जिल्लाहरुमा एकता भेला र काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि भने पार्टी बहुपदमा जानेगरी निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय समितिमा अध्यक्ष दाहालले प्रस्तुत गरेको ५ उपाध्यक्ष, १ महासचिव, ३ सचिव बनाउने प्रस्ताव पारित भइसकेको छ । तर अहिले नाम र बरियतामा सहमति नजुटेका कारण जिम्मेवारी बाडफाड हुन नसकेको हो ।
त्यसैगरी बैठकले ४९ देखि ५१ सदस्यीय सचिवालय र १५१ सदस्यीय पोलिटब्यूरो गठन गर्ने सहमति गरेको छ ।
विभिन्न समयमा चोईटिएरका माओवादी पार्टी मिलेर गठन भएको केन्द्रको अध्यक्षमा भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
केन्द्रमा दोस्रो बरियतामा को रहने ? र पदाधिकारीमा विवाद छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
