• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ बैशाख २०८३, बुधबार
१६ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • २१ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • २२ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • १ दिन 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १ दिन 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ३. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ६. आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

सभापति कप: फाईनलका लागि बागमति र एनआरटी भिडदै

जानकारी केन्द्र २०८१, माघ, १५

काठमाडौँ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज हुँदै छ ।

सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिता काँग्रेस सभापति कप फुटबलको फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।

आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीका कप्तान अञ्जन विष्ट छन् ।

एनआरटी ए डिभिजनको टिम हो भने आयोजकले ए डिभिजन खेलेका विभिन्न क्लबका खेलाडीहरूलाई समेटेर आयोजकको टिम निर्माण गरिएको छ ।

क्वाटर फाइनलमा आयोजक टिम बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । पुलिससँग १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कम ब्याक गर्दै बागमतीले  सेमिफाइनलमा स्थान बनाएको थियो ।

उता, एनआरटीले भने फ्रेन्ड्स क्लब कोपुन्डोललाई ३–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा एनआरटीका अञ्जन विष्टले २ गोल गर्दै शानदार प्रदर्शन गरेका थिए ।

दुवै टिम उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । आजको विजेताले बिहीबार सङ्कटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै सङ्कटा क्लबले फाइनलमा स्थान बनाएको छ । सङ्कटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८–७ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

सभापति कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगदै २६ लाख प्राप्त गर्दा उप विजेताले १३ लाखमा चित्त बुझाउने छ ।

यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक मनिष जोशीले जानकारी दिए ।

यसैबिच, सभापति कप फुटबलको ट्रफी बुधवार दशरथ रङ्गशालामा सार्वजनिक गरिने छ । ट्रफी सार्वजनिक गर्नु अघि काठमाडौँमा युवाहरूको मोटरसाइकल र्‍याली आयोजना गरिएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.