महाकुम्भमा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु
काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा भागदौड हुदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार केहीलाई अचेत अवस्थामा अस्पताल लगिएको बताइएको छ ।
मेलामा भागदौड मच्चिएपछि निरंजनी अखाडाले स्नान जात्रा रोकेको थियो । घटनास्थलबाट बाहिर आएको भिडियो अनुसार केही महिला र बालबालिका पनि घाइते भएका छन् । हाल, स्थिति नियन्त्रणमा रहेको उत्तरप्रदेश प्रशासनले जनाएको छ । महाकुम्भ नगर प्रशासनले भक्तहरूलाई अफवाहहरूलाई बेवास्ता गर्न र संयम कायम राख्न अपील गरेको छ ।
प्रयागराजको संगम किनारमा अमृत स्नान हुनुभन्दा अघि राति करिब २ बजे भागदौड मच्चिएको बताइएको छ । भागदौडका बीचमा संगमको किनारमा धेरै भक्तजन बेहोस भएका थिए । घाइतेहरूलाई ५० भन्दा बढी एम्बुलेन्सको सहयोगमा केन्द्रीय अस्पतालमा ल्याइएको थियो ।
घटनाको प्रधानमन्त्री नरेन्द्र मोदीले नजिकबाट अनुगमन गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


