२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि नेपाल एसवीआई बैंकले ५ करोड २१ लाख रुपैया सहयोग गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकले ५ करोड २१ लाख रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको थियो ।
धरहराको निर्माण मेरो धरहरा म आफै बनाउछु भन्ने नारासहित अगाडि बढाईएको छ । जसमा प्रधानमन्त्रीले समेत आफ्नो एक महिनाको तलब दिएका छन ।