मोटरसाइकलको ठक्करबाट अछाममा एक वृद्धाको मृत्यु
जानकारी केन्द्र
२०८१, माघ, १७
धनगढी । अछाममा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कमलबजार नगरपालिका–१, मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मण बहादुर शाहीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकले मैसरालाइ आज बिहान करिब ११:५० बजेको समयमा ठक्कर दिएको अछाम प्रहरी कार्यालयका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
महिलाले घाँस काट्न जानका लागि बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ। मोटरसाइकल र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्बन्धित समाचार
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल


