यो हो विश्वको सबैभन्दा महंगो गाई, जो ५२ करोडमा भयो बिक्री
काठमाडौं । के तपाई पत्याउन सक्नुहुन्छ कि गाईको मूल्य करोडौं रुपैयाँ हुन सक्छ ? यो मजाक होइन तर सत्य हो । हो, ब्राजिलमा ‘भियाटिना–१९’ नामको नेलोर गाई ४ मिलियन डलर अर्थात करिब ५२ करोड रुपैयाँमा बिक्री भएको छ ।
अब प्रश्न उठ्छ कि यो गाई किन यति महँगो ? आउनुहोस् यस रहस्यको पर्दाफास गरौं र यो गाईमा के विशेष छ जानौं। गाई दुध दिने मात्र होइन, केही विशेष नस्ललाई तिनीहरूको असाधारण गुणका कारण उच्च मूल्याङ्कन गरिन्छ।
विश्वमा यस्ता धेरै जात छन्, जो आफ्नो विशिष्ट विशेषताका कारण लाखौं र करोडमा बिक्री हुन्छन्। जापानको वाग्यु र भारतको ब्राह्मण गाई यसका उत्कृष्ट उदाहरण हुन् ।
यी गाईहरू गर्मीमा पनि सजिलै बाँच्न सक्छन् र यिनीहरूको नस्ल एकदमै शुद्ध मानिन्छ। यही कारणले गर्दा विश्वभर नै उनीहरुको माग बढी नै कायम भईरहेको छ ।
विश्वको सबैभन्दा महँगो नेल्लोर गाईः भियाटिना–१९
‘भियाटिना–१९’ नामको यो गाईले ब्राजिलको मिनास गेराइसमा इतिहास रचेको छ । यो अहिलेसम्मकै सबैभन्दा महँगो नेल्लोर जातको गाई बनेको छ । यो गाईको तौल एक हजार १०१ किलोग्राम छ, जुन कुनै पनि सामान्य गाईको भन्दा दोब्बर हो। यो गाई आफ्नो महँगो मूल्यका लागि मात्रै प्रख्यात छैन, यसको विशेष शारीरिक संरचनाले पनि यसलाई विश्वकै सबैभन्दा अनौठो गाई बनाएको छ ।
‘भियाटिना–१९’ सबैभन्दा महँगो गाई मात्र नभएर सौन्दर्यका हिसाबले पनि शीर्ष स्थानमा छ । जसले ‘गिनिज वल्र्ड रेकर्ड’मा नाम दर्ता गराएकी छिन् भने ‘च्याम्पियन्स अफ द वर्ल्ड’ प्रतियोगितामा ‘मिस साउथ अमेरिका’को उपाधि पनि जितेकी छिन् ।
यसको सेतो, चम्किलो छाला, लचिलो छाला र उठेको हम्पले यसलाई अझ विशेष बनाउँछ। यी विशेषताहरूको कारण पनि यो गर्मी क्षेत्रमा अझ सजिलै बाँच्न सक्छ र बलियो पनि रहन्छ।
सम्बन्धित समाचार
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
जलवायु परिवर्तनले चीनको पर्यटक बुकिङ २७५ प्रतिशतले वृद्धि,
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

