उद्योगी केडिया भारतको मोतिहारीबाट अपहरणमुक्त भए
जानकारी केन्द्र
२०७३, जेष्ठ, १७
अपहरणमा परेका बाराका उद्योगी सुरेश केडिया आईतबार भारतको मोतिहारीबाट अपहरणमुक्त भएका छन् ।
भारतीय सुरक्षाकर्मीहरुले केडियालाई सकुशल अपहरण मुक्त गराएको र एक जना अपहरणकारी पनि पक्राउ परेको भारतीय टेलिभिजन आजतकले जनाएको छ ।
नेपाली र भारतीय प्रहरीको संयुक्त अपरेसनपछि भारतीय प्रहरीले उद्योगी केडियालाई लुकाइराखेको घरमा छापा मारेर मुक्त गरिएको हो । अपहरणकारीको साथबाट गाडी र हतियारसमेत बरामद भएको समाचारमा उल्लेख छ ।
नेपाली उद्योगी केडियालाई लिन नेपाल प्रहरीको टोली पनि वीरगञ्जबाट मोतिहारीतर्फ गएको छ । गत बिहीबार आफ्नो उद्योगबाट घर फर्कने क्रममा निजगढको जंगलमा ड्राइभरलाई गोली प्रहार गरी घाइते बनाएर अज्ञात समूहले केडियालाई अपहरण गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

