दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद
काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ।
साथै, कलेजियमले न्यायाधीश वर्मा विरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, यो आन्तरिक छानबिन होइन। छानबिन पूरा भएपछि दिल्ली उच्च अदालतले मुख्य न्यायाधीश कलेजियमलाई प्रारम्भिक प्रतिवेदन पेश गर्नेछ।
वास्तवमा होलीको बिदामा जस्टिस वर्माको सरकारी बंगलामा आगलागी भएको थियो । त्यतिबेला उनी घरमा थिएनन् । आगो लागेको परिवारले दमकललाई खबर गरेका थिए । आगो निभाउन गएको टोलीले सो १५ करोड नगद फेला पारेको थियो ।
स्रोतका अनुसार सीजेआइ सञ्जीव खन्नाले मुद्दाको बारेमा जानकारी पाएपछि ५ सदस्यीय कलेजियमले उनलाई सरुवा गर्ने निर्णय गरेको हो, यद्यपि यो सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिएको छैन।
उता, हाईकोर्ट बार एसोसिएसनले न्यायाधीश वर्मालाई इलाहाबाद फिर्ता सरुवा गरेकोमा विरोध गरेको छ। कलेजियमको निर्णय पछि उनीहरूले भनेका छन, के हामी डस्टबिन हौं ?’
कलेजियमले आकस्मिक बैठक बोलाएको थियो । स विषयमा जानकारी प्राप्त हुने बित्तिकै मुख्य न्यायाधीश संजीव खन्नाले कलेजियमको आपतकालीन बैठक बोलाए र सरुवासम्बन्धी प्रस्ताव पारित गराए । यद्दपी, उनको सरूवाका बारेमा कुनै जानकारी अपलोड गरिएको छैन । आन्तरिक अनुसन्धान पनि भइरहेको जनाइएको छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
