महोत्तरीको चुरे क्षेत्रमा वायुप्रदूषण भयावह बन्दै
महोत्तरी । महोत्तरीको चुरे क्षेत्रका स्थानीयहरू एक्कासी आँखा पोल्ने समस्यावाट स्थानिय प्रताडित बनेका छन् । वायुमण्डलमा बाक्लै देखिएको धुवाको कारण आँखा पोल्ने समस्या बनेको स्थानियकाे भनाई छ ।
केही दिन देखि वायु प्रदुषण अत्याधिक बढे पछी बाहिर निस्कदाँ र घरमा नै बसिरहदाँ पनि समस्या बनिरहेको स्थानीय युवा अमिश रिसालले बताए । ‘हिजो ९ बजे कोठामा नै बसिरहेको बेला पनि आँखा अत्याधिक पोलेको र हेर्न नसक्ने अवस्था बनेको थियो,’ रिसालले भने, ‘यो यथोचित रहयो भने भयावह हुने देखिन्छ ।’
विशेषगरि जिल्लाको औरही नगरपालिका देखि माथी बर्दिवास, गौशाला नगरपालिकाहरुमा यो समस्या देखिएको छ । आकाश र वरपर अत्याधिक धुवा देखिए पछी बिहानै मर्निङ्गवाकमा निक्लनेहरु पनि त्रसित बनेका छन् ।
शुभस्वस्तिक अस्पतालका प्रमुख दिपक कार्कीले वायु प्रदुषणका तस्विरहरु साझा गर्दै विशेषगरि बालवालिका र बृद्दहरुलाई सचेत हुन् आग्रह गरेका छन् । ‘अहिले चुरेमा वाक्लो हुस्सु जस्तो देखिन्छ त्यो वायुप्रदूषण नै हो,’ प्रमुख कार्कीले भने, ‘सवैजना यसवाट सावधान अपनाउनु पर्ने नितान्त आवस्यक छ ।’
यता स्वास्थ्यकर्मीहरुले पनि चुरे क्षेत्र विशेषगरि बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन् सक्ने बताए ।
‘अहिले जताततै डढेलो लगाईएको छ, वन नै सखाप हुने गरी भएको आगलागीका कारण यो समस्या उत्त्पन्न भएको हुन् सक्छ,’ प्रमुख साहले भने, ‘जे जस्तो भएतापनि सावधानी अपनाउनु पर्छ ।’
स्वास्थ्यकर्मीहरुले कामबिना वाहिर ननिस्कन सुझाएका छन् । बर्षा समेत नभईरहेको अवस्थामा अहिले देखिएको वायुप्रदूषण थप भयावह हुन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
