रौतहटका २२ जना प्रभावशाली नेता फोरम नेपाल प्रवेश
संघीय गठबन्धनको जारी आन्दोलनसँगै गठबन्धनको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर झन् तीब्र बनेको छ । यसैक्रममा, रौतहटका जिल्ला तथा केन्द्र स्तरका प्रभावशाली नेताहरुको एउटा ठूलो समूह बुधबार फोरम नेपालमा प्रवेश गरेको छ । फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा आयोजित एक समारोहमा रौतहटका २२ जना प्रभावशाली नेताहरु पार्टी प्रवेश गरेका हुन् । रौतहटमा एमाले नेता माधव कुमार नेपालको विश्वास पात्र एमाले नेता रेवन्त झा समेत फोरम नेपाल प्रवेश गरेपछि रौतहटमा एमालेलाई ठूलो झड्का लागेको छ । एमालेका जिल्ला नेताहरु भगवान प्रसाद जायसवाल, विरेन्द्र पटेल लगायतका रौतहटका प्रभावशाली नेताहरु पनि पार्टी प्रवेश गरेका छन् । रौतहट स्थित नेपाली कांग्रेसका नेता राजगीर राम यादव, रामईश्वर राय यादव, छोटेलाल यादव, दिपेन्द्र यादव फोरम नेपाल प्रवेश गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य महासंघका महासचिव वृज किशोर यादवको पार्टी प्रवेशले रौतहटमा कांग्रेसलाई ठूलो क्षति भएको छ । सद्भावना पार्टीका जिल्ला नेता गंगाधर प्रसाद कर्ण, स्वतन्त्रबाट राजेन्द्र कुमार कर्ण र विनोद प्रसाद केशरी, रामसपाबाट राज कुमार दास पनि पार्टी प्रवेश गरेका छन् । त्यसैगरी, गोइत समूहका केन्द्रीय महासचिव राघवेन्द्र झा पनि फोरम नेपाल प्रवेश गरेका छन् । फोरम नेपालका चर्चित नेता एवं पूर्व सभाषद् बबन सिंहको विशेष पहलमा रौतहटका नेताहरु फोरम नेपाल प्रवेश गरेका हुन् । नवप्रवेशी सबै नेताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत तथा बधाई दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता अशोक कुमार राईले नवप्रवेशी नेताहरुलाई खादा ओडाएर स्वागत गरे । त्यस्तै, पार्टी महासचिव रामसहाय प्रसाद यादव, केन्द्रीय सदस्यद्वय बबन सिंह र रेखा यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

