कुलमानलाई हटाएको भन्दै महोत्तरीमा नागरिक समाजको खबरदारी
महाेतरी । विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशाेध पुर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खवरदारी र्याली गरेका छन ।
सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने उदेश्यले घिसिङ्गलाई हटाएको भन्दै वेथितिका विरुद्ध सवै जना एकजुट हुनुपर्ने आव्हान सहितको खवरदारी र्याली गरेका हुन् । बर्दिवास उधोग बाणिज्य संघ, जनजाती महासंघ लगायतका संस्थाहरुको आयोजनामा बर्दिवास शहरको पश्चिमतर्फवाट प्रारम्भ भएको र्याली बजार परिक्रमपछि कोणसभामा परिणत गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले सरकारको पक्ष-विपक्ष भन्दा पनि वेथितिका विरुद्ध खबरदारी भएको धारणा राखे कुलमानलाई हटाएदेखी अघोषित लोडसेडिङ भएको जिकिर गर्दै जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले षडयन्त्रपुर्ण ढंगले लोडसेडिङ्ग हुनेतर्फ उनमुख भएको प्रती आक्रोश व्यक्त गरेका छन । `व्यावसायी र सर्वसाधारण हितविपरित सरकारका निर्णयहरु गलत दिशातर्फ अगाडि बढेका छन्´ अध्यक्ष कार्कीले भने, `खबरदारी गरेर सरकारका गलत निर्णयहरुका विरुद्ध एकजुट हुनुपर्छ जुन जनहित विपरित छन् ।´
जनजाती माहासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठले पनि सरकार जनपक्षीय बन्न नसकेको प्रति आक्रोश व्यक्तसमेत गरेका छन् । पार्टीको झोला फ्याकेर हाम्रा भन्दा पनि राम्रालाई साथ दिनुपर्ने वताउदै अन्यायको विरुद्ध पार्टीभन्दा माथी उठनुपर्ने अध्यक्ष श्रेष्ठले जिकिर गरे ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
