• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १६ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १६ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १८ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १९ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • २० घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • २२ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • २२ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

सूचना–प्रविधिमा भारतीय एकाधिकार अन्त्य, नेपाल–चीन अप्टिकल फाइबरको सफल परीक्षण

admin २०७३, जेष्ठ, २९

दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।

गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । ‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो, अब चाँडै व्यावसायिक प्रयोग सुरु हुन्छ ।’

रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’ एकआपसमा जोडिएका हुन् । दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ । परीक्षण क्रममा रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा सफल भएको थियो ।

पहिरोको जोखिमका कारण रसुवागढीमा जडान गरिएका उपकरण रसुवाको टिम्मुरेमा सार्नुपर्ने भएकाले यसको व्यावसायिक प्रयोगका लागि भने केही समय लाग्ने अधिकारीले बताए । ‘रसुवागढीका अरू सरकारी कार्यालय पनि टिम्मुरेमा सारिएका छन्, त्यहाँ पहिरोको जोखिम छ,’ उनले भने, ‘हामीले पनि पहिरोको जोखिम हेरेर टिम्मुरेमा उपकरण सार्नुपर्ने भयो ।’

सरकारले यसअघि दक्षिण एसियाली सूचना मार्ग (सासेक) अन्तर्गत तातोपानी नाका हुँदै चीनसँग अप्टिकल फाइबर जोड्ने योजना अघि बढाएको थियो । त्यसका लागि तातोपानी नाका नजिकै अप्टिकल फाइबर पुगिसकेको भए पनि चीनसँग जोडिएको थिएन । ‘गत वर्षको भूकम्पपछि दुवैतर्फ पहिरोले अप्टिकल फाइबर विस्तारलाई अवरोध गर्‍यो,’ अधिकारीले भने, ‘त्यसले गर्दा तातोपानीको योजना यता सारिएको हो ।’ चीनसँग अप्टिकल फाइबर जोड्न टेलिकमले धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्मै करिब ९० किलोमिटर फाइबर बिछ्याएको हो ।

फाइबर सन्जालमा जोडिएपछि नेपालले अब चिनियाँ कम्पनीसँग ब्यान्डविथ खरिद गर्न सक्नेछ । यसअघि भारतीय र अन्य मुलुकका कम्पनीसँग खरिद गरिँदै आएको थियो । हाल नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायसँग जोडिएको छ । नेपाल टेलिकम २०५४ सालमा पहिलोपटक भारतसँग अप्टिकल फाइबरमार्फत जोडिएको थियो ।

नेपाली दूरसञ्चार सेवा भारतीय सन्जाल हँुदै सिंगापुर र हङकङमा रहेका हबमा जोडिने गरेकामा अब चिनियाँ बाटोबाट पनि यी हबमा जोडिन सक्नेछन् । त्यसका लागि नेपाली सेवाप्रदायकले रसुवागढी–केरुङ–तिब्बत हँुदै हङकङ पुग्ने अप्टिकल फाइबर प्रयोग गर्नुपर्छ ।
कान्तिपुरबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.