फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का
जानकारी केन्द्र
२०८२, बैशाख, २५
काठमाडौं । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् ।
साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ ।
बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेर सो जीत हासिल गरेको हो ।
खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा गोल गरेकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन् ।
यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२ औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

