०७ फागुन २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

कक्षा ११ मा भर्ना पाउन सबै बिषयमा डी प्लस ल्याउनै पर्ने

उच्च माध्यमिक शिक्षा परिषद्ले एसएलसीको परीक्षामा सबै बिषयमा डी प्लस ल्याएका विद्यार्थीलाई मात्रै भर्ना लिने तयारी गरेको छ । विज्ञान तर्फ पढ्न चाहनेले एसएलसीमा अंग्रेजी, विज्ञान, गणितमा सी प्लस ल्याउनु पर्ने प्रावधान राख्ने परिषद् स्रोतले जनाएको छ । सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ ।

मानविकी, शिक्षा, व्यवस्थापन संकाय अध्ययन गर्न कम्तीमा १.६ ग्रेट प्वाइन्ट र सबै बिषयमा डी प्वाइन्ट ल्याउनै पर्ने व्यवस्था गर्न लागेको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए । ‘ विज्ञान र प्राविधिक धार बाहेकका साधारण तर्फका बिषय अध्ययन गर्न सैद्धान्तिक र प्रयोगात्मकमा कम्तीमा डी प्लस ल्याउनै पर्ने व्यवस्था गर्न लागेका छौं,’ उनले भने । परिषद्ले सोमबार निर्णय गरेर कुन ग्रेड ल्याएकालाई भर्ना लिने भन्ने आफनो योजना सार्वजनिक गर्दैछ । १.६ ग्रेट प्वाइन्ट ल्याउन सबै बिषयमा न्यूतम ३० देखि ४० प्रतिशत ल्याउनु पर्ने हुन्छ अाजको कान्तिपुरमा खवर छ ।

प्राविधिक धारबाट एसएलसी परीक्षा दिएका विद्यार्थीले कक्षा ११ मा भर्ना पाउन १० वटै बिषयमा सी प्लस ल्याउनु पर्ने व्यवस्था गर्दै छ । त्यस्तै कक्षा ११ मा भर्ना लिन गरिने प्रवेव परीक्षामा ७० प्रतिशत विद्यार्थीले प्राप्त गरेको ग्रेड प्वाइन्ट र ३० प्रतिशत इन्ट्रान्स परीक्षामा प्राप्त नम्बरलाई आधार मान्ने भएको छ । परिषद्ले लिने छात्रबृति परीक्षामा पनि यही नियम लागू गर्दैछ ।

सरकारले यसवर्षदेखि एसएलसीको नतिजा ग्रेडिङ प्रणालीबाट गर्दैछ । ए प्लस देखि इ सम्म विभाजन गरेर नतिजा सार्वजनिक हुनेछ । दुई वटा बिषयससम्म डी ग्रेड ल्याएमा पुन: क्षमता बढाउने मौका परीक्षा दिन पाउने भएकोले परिषद्ले सबै बिषयमा डी प्लस ल्याउनु पर्ने प्रावधान राख्न लागेको शर्माले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

ताजा

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू
  • कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?
  • नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन
  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.