रबिको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी, केही बेरमा आदेश आउन सक्ने
जानकारी केन्द्र
२०८२, जेष्ठ, ७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ जारी रहेको छ ।
मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको हो । सम्भवतः आजै आदेश आउने जनाइएको छ । लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिए पनि रिट ‘हेर्न नमिल्ने’ मा पर्दै आएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । हाल लामिछाने रुपन्देही कारागारमा छन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
