नेपालमा जुनसुकै बेला डरलाग्दो भुकम्प जान सक्ने वैज्ञानिकको निष्कर्ष -अाजको पत्रिका
२०७२ साल बैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको निश्कर्ष हो–काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रिक्टर स्केलसम्मको भूकम्प जानसक्ने ऊर्जा संकलन भएको छ।
त्यो भूकम्प जुनसुकै बेला पनि जान सक्छ। तर, तिथि र समय नै तोक्न सक्ने अवस्था भने छैन। पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने वैज्ञानिकहरुको तर्क रहेको छ। सो अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको समाचार पत्र दैनिकमा खवर छ।
अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा। दण्डपाणि अधिकारीले भने, ‘उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकाले अहिलेसम्म चुप लागेर बसेका हौं।’
उनले १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने,‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ। त्यो धाँजा ललितपुरको खुमलटारसम्म छ। त्यो च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए ऊर्जा समाप्त हुन्थ्यो। तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन।
वैज्ञानिकहरुले किन यसरी आतंक फैलाउने काम गरिरहेका छन् भन्ने प्रश्नमा अधिकारीले भने,हामीले २५ वटा जिल्लामा जीपीएस प्रणालीद्वारा मेसिन नै राखेर त्यसको तथ्यांकको आधारमा यो कुरा भनिरहेका छौं। सुन्दा अप्रिय लाग्न सक्छ। तर,वास्तविकता यही हो। तथ्यको आधारमा यो कुरा भनिएको हो। सर्वसाधारण मानिक सतर्क भएर बस्नु जरुरी रहेको छ।
उनका अनुसार तथ्यहरु अध्ययन गर्दा यो अवधिमा ती जिल्लाहरुमा जमिनको हलचल एकदमै न्यून मात्रै पाइएको थियो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

