• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • ९ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १२ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १३ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १४ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १५ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १७ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

किसानलाई मलखाद र बिउँबिजन उपलब्ध गराउन आजपाको माग

जानकारी केन्द्र २०८२, असार, ३

सर्लाही । आम जनता पार्टी (आजपा) ले किसानलाई समयमै मलखाद सहितको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारसँग गरेको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाउदै किसानलाई मलखाद्य लगायतका सेवासुविधा उपलब्ध गराउन माग गरेको हो ।

आफूहरुको माग समयमै सम्बोधन गर्दै किसानलाई बिउँबिजन, मलखाद्य, सिचाई सहितका सेवा सुविधा उपलब्ध नगराए कडा आन्दोलनको चेतावनी समेत आजपाले दिएको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले सरकारले किसानसँग विभेद गर्दै आएको बताउदै आफूहरुको माग पुरा नभए सडकमा उत्रिने चेतावनी दिएका छन् ।

समयमै युरिया मलखादको पर्याप्त उपलब्धता गराउनुपर्ने, अन्नदाता किसानलाई सम्मान सहित पेन्सनको व्यवस्था गर्नुपर्ने, कृषि बिमा तत्काल लागु गर्नुपर्ने, पर्याप्त एवम् सहज रुपमा सहुलियत कृषि ऋण उपलब्ध गराउनु पर्ने, कृषी उपकरण ट्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर्नुपर्ने, कृषी विद्युतिकरण पूर्ण निःशुल्क गर्नुपर्ने, किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्था गर्नुपर्ने, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।

यसैगरी, प्राकृतिक प्रकोपबाट हुने क्षतिका लागि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, भुमिहीन किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने, लगायतका माग रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जनकपुरधाम, मधेश प्रदेशका साथै सर्लाही जिल्लाका सम्पूर्ण स्थानीय सरकारहरुलाई ज्ञापनपत्रको बोधार्थ आजपाले पठाइएको छ ।

‘के आफ्नो पसिना र पौरखले सबैका लागि अन्न उत्पादन गर्ने श्रमजीवी किसानहरुको दुःख, पीडा र समस्याको समाधान राज्यको दायित्वभित्र पर्दैन ? कृषीमा सुधार नै नगर्ने हो भने संवैधानिक हैसियतको ७६१ ओटा सरकार र तीनका संयन्त्रहरुको आवश्यकता र औचित्य के हो ? मुलुकमा राजनीतिक बदलावको नाममा पटक पटक कथित व्यवस्था परिवर्तन भयो तर किसानहरुको अवस्थामा तात्विक परिवर्तन किन आएन ? कृषिप्रधान देशमा कृषकहरु नै कृषी पेशाबाट किन पलायन हुँदैछ ? के किसानको अवस्थामा सुधार बिना देशको समृद्धि र विकास सम्भव छ ?,’ आजपाले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

नेपालमा लगभग प्रत्येक वर्ष नै यूरिया मलको हाहाकार हुन्छ तर विभिन्न जोरजाम गरेर किसानहरुले मित्र राष्ट्र भारतको सिमावर्ती क्षेत्रबाट मल ल्याउँदा पनि प्रहरी र भन्सार प्रशासनले जनताको सम्पति सम्बन्धी मौलिक हक हनन हुने गरि कमिशनको चक्करमा जफ्त गर्नु कतिको न्यायोचित हो रु आजपाले सरकारसंग प्रश्न गरेको छ ।

‘असारे खेती सुरू भैसक्दा समेत हालसम्म मलखादको समुचित प्रबन्धको सुनिश्चितता समेत नहुनु दुःखद कुरा हो । यसर्थ, आम किसानहरुलाई समयमै  युरिया मलखादको पर्याप्त उपलब्धता सहितको उल्लेखित मागहरु सरकारसंग जोडदार रुपमा प्रस्तुत गर्दछौं । साथै, कृषकहरुको न्यायोचित मागहरुलाई स्थानीय प्रशासन तथा राज्यले गम्भीरतापूर्वक नलिएमा र कार्यान्वयन नगराएमा हामी चरणबद्ध रुपमा सशक्त संघर्षका कार्यक्रमहरू गर्न बाध्य हुने र त्यसबाट सृजित हुने क्षति एवम् परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वयं राज्य पक्षले नै लिनुपर्ने विषय अग्रीम रूपमा अवगत गराउँदै यो ज्ञापन–पत्र पेश गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आजपा प्रवक्ता सीबी साहका साथै आजपा नेताहरु रेहाना खातुन, सुरेश महतो, सुनिल गुप्ता, डा. शैलेन्द्र यादव, नसरुदिन मंसुरी, पुनिताकुमारी महरा, विक्रम पासवान, नन्दकिशोर साह, मुकेश पासवान, मिन्टु देवी लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.