Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

खेतमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा बारामा एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, ९
खेतमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा बारामा एक जनाको मृत्यु

बारा । बारा जिल्लाको पचरौता नगरपालिका २ बिसनपुरका ५० वर्षीय सोयब अंसारीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरमार्फत पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका अंसारीको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा ज्यान गएको हो ।

स्थानीयका अनुसार अंसारी खेतमा सिँचाइका लागि मोटर जडान गरिरहेका बेला अचानक करेन्ट लागेको थियो । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स