१४ कृषकले पाए राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार
काठमाडौं । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो ।
पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म ) मधेस प्रदेशवाट भरत कुमार यादव ( शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) वाग्मती प्रदेशवाट चेत प्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि (ग्रीनलाईन एग्रो प्राली ) गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म ) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म)) , लुम्बिनी प्रदेशवाट जयपाल मौर्य (खाधन्न वाली) र सुवास कुर्मी (शान्ती उन्नत पशुपालन तथा माछा फर्म ) छ्न ।त्यस्तै कर्णाली प्रदेशवाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदुरपश्चिम प्रदेशवाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न ।
पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजाररउपकरणरयन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उहाँले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पूरा गर्न सकिने बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिविम्व गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेशाको रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेशा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नविनतम प्रविधि भित्रिएको छ । कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दूग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ । यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो ।’ उहाँले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति भएको भन्दै मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको बताउनुभयो ।
पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले आजको दिन हामी सबैका लागि गर्व र प्रेरणाको दिन भएको वताउनुभयो ।नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा स्वीकृत “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१” अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रुपमा छानिएर आउनुभएका १४ जना कृषकहरूलाई उहाँहरुले कृषि क्षेत्रमा पु¥याउनु भएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न पाउनु एक ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो , हाम्रा किसानहरूले माटोमा बगाएको पसिनाले नै हाम्रो भान्छा भरिएको छ, हाम्रो अर्थतन्त्रलाई टेवा पुगेको छ र सिंगो राष्ट्रले खाद्य सुरक्षाको अनुभूति गर्न पाएको छ। ,प्रकृतिका चुनौतीहरूका वीच पनि कृषकहरुले कृषि क्षेत्रमा पु¥याउनुभएको योगदान अतुलनीय छ। उहाँहरूको अथक परिश्रम, धैर्यता र लगनशीलताको आज हामीले कदर गरेका छौँ मन्त्री अधिकारीले ,भन्नुभयो । उत्कृष्ट कृषक पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा नयाँ प्रेरणा दिएको उल्लेख गर्दे मन्त्री अधिकारीले यो सफलताले विशेष गरी युवाहरू, महिलाहरू र साना कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको छ, जसले कृषि पेशाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याइरहेको छ भन्नुभयो । पुरस्कृत भएका जस्तै हजारौ सक्रिय कृषकहरूको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्वपूर्ण मार्गनिर्देशन दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो , तपाईंहरूको सफलताले समाजमा कृषि पेशाप्रतिको दृष्टिकोण परिवर्तन गर्नेछ, र कृषि पेशालाई सम्मानित, सम्भावनायुक्त, र भविष्यदृष्टि भएको पेसाको रूपमा स्थापित गर्नेछ भन्ने विश्वास लिएको छु ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीति, योजना र कार्यक्रममार्फत किसानमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी र समावेशी बनाउने प्रतिवद्धता समेत मन्त्री अधिकारीले व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा प्रविधिको प्रयोग, नवप्रवर्तन र युवा सहभागितालाई प्रोत्साहन गर्दै कृषि व्यवसायलाई देशको समृद्धिको आधार बनाउने हाम्रो साझा लक्ष्य रहेको र यसलाई वनाउन सवैको हातेमालो आवश्यक छ मन्त्री अधिकारीले भन्नुभयो ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
