सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
सिरहा । सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाई भएको छ। लामो समयदेखि आकसे वर्षा नभएका कारण जिल्लाभरीमा करीव १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो । लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन ।
लामो समयदेखि वर्षा नभएको तथा खोतहरुमा सिँंचाइको सुविधासमेत नभएकै कारण हालसम्म करीब १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठले जनाएको छ । पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र पछि पर्याप्त वर्षा पनि नभएका कारण अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको केन्द्रका प्रमुख महासेठले बताए।
असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म १८ प्रतिशत मात्र धान रोपाइ भएको उनले बताए । वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक आर्टिफिसियल सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन्।
अधिकांश किसानहरु अझै आकाशे पानीको प्रतिक्षामा छन् ।
यस्तै कृषि मजदूरको आभावमा पनि वर्षेनी धानखेती प्रभावित हँुदै आएको छ । एकातिर सिँचाइको अभाव अर्काेतिर आवश्यकता अनुसार कृषि मजदूर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको गोलवजार १० का किसान राम किसुन महतोको गुनासो छ । सिरहामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।
सिरहामा कूल धान खेती योग्य ५४ हजार क्षेत्रफल जग्गा छ। तर, हाल सम्म जम्मा ९ हजार सात सय विस हेक्टर जग्गामा मात्र धान रोपाई भएको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
