Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, २०
करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु

रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ पोखरिया निवासी रामपुकार यादवकी १४ वर्षीया छोरी रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।

गुजरा नगरपालिका ६ बेदौलीस्थित लत्रिएको विजुलीको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएकी रोशनीको उपचारका लागि सरकारी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय गुजरा घटनास्थलमा पुगेको छ र यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स