• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

के तपाईलाई पढेको कुरा याद हुँदैन ? अपनाउनुहोस यस्ता उपायहरु

२०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सिराहामा २० किलो गाँजा बरामद

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. २०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ७. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठूलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ ।

वास्तवमा, अमेरिकी कंग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठूलो विजय दिएको छ।

प्रश्न यो छ कि यस कानूनमा यस्तो के छ कि यसको यति धेरै चर्चा भइरहेको छ र ट्रम्पले यसलाई कुनै पनि हालतमा पास गराउन चाहेका छन्, यद्यपि उनका पूर्व साथी र विश्वका धनी व्यक्ति एलोन मस्क यसको विरुद्धमा खुलेर आएका छन्।

दश बुदाँमा बुझ्नुहोस्ः

करः ट्रम्पले आफ्नो पहिलो कार्यकालमा गरेको आयकर कटौती अब स्थायी भएको छ। अब अमेरिकामा टिप्स र ओभरटाइमका लागि प्राप्त हुने रकममा कर लाग्ने छैन । ट्रम्पले आफ्नो चुनावी अभियानमा यो ठूलो चुनावी वाचा गरेका थिए तर यो कर कटौती सन् २०२८ सम्म मात्र रहनेछ। यो कानून लागू भएमा अमेरिकी कम्पनीहरूले अनुसन्धान र विकासमा लाग्ने खर्चमा तुरुन्तै कटौती गर्न पाउने छन्।

 आप्रवासीहरूमाथि कारबाहीः अमेरिकी सीमामा पर्खाल निर्माणलगायत सीमा पूर्वाधार निर्माण गर्न ४६.५ बिलियन डलर खर्च गरिने भएको छ। अवैध आप्रवासीहरूलाई हिरासतमा राख्न १ लाख बेडको सुविधा (जेल जस्तै) निर्माण गर्न ४५ बिलियन खर्च हुनेछ। अवैध आप्रवासीहरूलाई पक्राउ गर्न १० हजार अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) अधिकारीहरू भर्ती गर्न नयाँ कोष उपलब्ध गराइने छ। अमेरिकामा गैरकानूनी रूपमा देश प्रवेश गर्न खोज्ने शरणार्थी र आप्रवासीलाई अमेरिकामा नयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

स्वच्छ ऊर्जामा सरकारी खर्चमा कटौतीः पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको स्वच्छ ऊर्जा कर क्रेडिट रद्द गरिएको छ। यसको सट्टा ट्रम्पले आफ्नै मुद्रास्फीति न्यूनीकरण ऐन ल्याएका छन्। नयाँ वायु र सौर्य ऊर्जा परियोजनाहरूका लागि अमेरिकी संघीय (केन्द्रीयं) सरकारबाट प्राप्त अनुदानहरू चरणबद्ध रुपमा रोकिनेछन । जस्तो कि, ३० सेप्टेम्बर २०२५ पछि विद्युतीय सवारीको खरिदमा ७५०० अमेरिकन डलरको कर क्रेडिट हटनेछ । मुख्यतयाः यसकारण ट्रम्पले टेस्लाका सीईओ एलन मस्कलाई निशाना बनाएको बताइएको छ।

सरकारको ऋण लिने सीमा बढ्योः अमेरिकाको ऋण लिने सीमा बढाएर ५ ट्रिलियन डलर पु¥याएको छ । यसबाट इलन मस्क र ट्रम्पको रिपब्लिकन पार्टीका धेरै समर्थकहरु पनि आक्रोशित भएका छन् ।

कल्याणः गरिब र अपाङ्गता भएकाहरूका लागि विशेष गरी मेडिकेड स्वास्थ्य बीमा कार्यक्रम र खाद्य सहायता कार्यक्रममा खर्च गरिएको रकममा नयाँ प्रतिबन्धहरू लगाइएको छ। अब ६५ वर्ष मुनिका र नाबालिग सन्तान नभएका मानिसहरु तिनीहरूले स्वास्थ्य बिमा वा खाध्य सहायता प्राप्त गर्न प्रति महिना कम्तिमा ८० घण्टा काम गर्नुपर्ने भएको छ । अमेरिकाका गाउँहरूमा अस्पतालहरूलाई सहयोग गर्न ५० बिलियन पाँच वर्षिय कोष सिर्जना गरिएको छ।

महिला स्वास्थ्यः अमेरिकाको संघीय सरकारबाट ‘प्लान्ड पेरेंटहुडझ् नामक संस्थालाई एक वर्षको लागि आर्थिक सहयोग रोकिएको छ । ‘प्लान्ड पेरेंटहुड’  संयुक्त राज्य अमेरिकामा एक राष्ट्रव्यापी महिला स्वास्थ्य संगठन हो, जुन प्रायः गर्भपतनको काम गराउँछ । यो नीतिले रिपब्लिकन पार्टीमाथी प्रहार लक्षित रहेको छ।

नवजात शिशु कोषः अमेरिकामा नवजात शिशुको जन्म भएपछि उनीहरुको नाममा अब १ हजार डलर जम्मा गरी बचत खाता खोलिनेछ । यी खाताहरूको नाम ‘ट्रम्प खाता’ हुनेछ।

गोल्डेन डोमः ट्रम्पले अमेरिकाले पनि इजरायलको वायु रक्षा प्रणाली ‘आइरन डोम’ जस्तै अत्याधुनिक ‘गोल्डेन डोम’ बनाउने घोषणा गरेका थिए । अब ट्रम्पको यो पहललाई २५ अर्ब डलरको कोष दिइएको छ ।

अन्तरिक्ष कार्यक्रमः अमेरिकाको अन्तरिक्ष कार्यक्रम प्रवर्द्धन गरिएको छ। मंगल ग्रहको मिसनका लागि १० अर्ब डलर दिइएको छ र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले अवकाशपछि डिकमिशन गर्नका लागि ३२ करोड ५० लाख डलर पाउने छन्।

धनी विश्वविद्यालयमा नयाँ करः अमेरिकाका धनी विश्वविद्यालयमा नयाँ कर लगाइएको छ ।

  • international
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
के तपाईलाई पढेको कुरा याद हुँदैन ? अपनाउनुहोस यस्ता उपायहरु
सिराहामा २० किलो गाँजा बरामद
आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

२०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

के तपाईलाई पढेको कुरा याद हुँदैन ? अपनाउनुहोस यस्ता उपायहरु

२०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सिराहामा २० किलो गाँजा बरामद

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • के तपाईलाई पढेको कुरा याद हुँदैन ? अपनाउनुहोस यस्ता उपायहरु
  • २०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • सिराहामा २० किलो गाँजा बरामद
  • आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • ‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.