• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर ०४, २०८२
बुधबार, मङि्सर ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ साल मंसिर ०३ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको भव्य उद्घाटन

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ५. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ७. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ८. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • ९. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. १ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठूलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ ।

वास्तवमा, अमेरिकी कंग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठूलो विजय दिएको छ।

प्रश्न यो छ कि यस कानूनमा यस्तो के छ कि यसको यति धेरै चर्चा भइरहेको छ र ट्रम्पले यसलाई कुनै पनि हालतमा पास गराउन चाहेका छन्, यद्यपि उनका पूर्व साथी र विश्वका धनी व्यक्ति एलोन मस्क यसको विरुद्धमा खुलेर आएका छन्।

दश बुदाँमा बुझ्नुहोस्ः

करः ट्रम्पले आफ्नो पहिलो कार्यकालमा गरेको आयकर कटौती अब स्थायी भएको छ। अब अमेरिकामा टिप्स र ओभरटाइमका लागि प्राप्त हुने रकममा कर लाग्ने छैन । ट्रम्पले आफ्नो चुनावी अभियानमा यो ठूलो चुनावी वाचा गरेका थिए तर यो कर कटौती सन् २०२८ सम्म मात्र रहनेछ। यो कानून लागू भएमा अमेरिकी कम्पनीहरूले अनुसन्धान र विकासमा लाग्ने खर्चमा तुरुन्तै कटौती गर्न पाउने छन्।

 आप्रवासीहरूमाथि कारबाहीः अमेरिकी सीमामा पर्खाल निर्माणलगायत सीमा पूर्वाधार निर्माण गर्न ४६.५ बिलियन डलर खर्च गरिने भएको छ। अवैध आप्रवासीहरूलाई हिरासतमा राख्न १ लाख बेडको सुविधा (जेल जस्तै) निर्माण गर्न ४५ बिलियन खर्च हुनेछ। अवैध आप्रवासीहरूलाई पक्राउ गर्न १० हजार अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) अधिकारीहरू भर्ती गर्न नयाँ कोष उपलब्ध गराइने छ। अमेरिकामा गैरकानूनी रूपमा देश प्रवेश गर्न खोज्ने शरणार्थी र आप्रवासीलाई अमेरिकामा नयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

स्वच्छ ऊर्जामा सरकारी खर्चमा कटौतीः पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको स्वच्छ ऊर्जा कर क्रेडिट रद्द गरिएको छ। यसको सट्टा ट्रम्पले आफ्नै मुद्रास्फीति न्यूनीकरण ऐन ल्याएका छन्। नयाँ वायु र सौर्य ऊर्जा परियोजनाहरूका लागि अमेरिकी संघीय (केन्द्रीयं) सरकारबाट प्राप्त अनुदानहरू चरणबद्ध रुपमा रोकिनेछन । जस्तो कि, ३० सेप्टेम्बर २०२५ पछि विद्युतीय सवारीको खरिदमा ७५०० अमेरिकन डलरको कर क्रेडिट हटनेछ । मुख्यतयाः यसकारण ट्रम्पले टेस्लाका सीईओ एलन मस्कलाई निशाना बनाएको बताइएको छ।

सरकारको ऋण लिने सीमा बढ्योः अमेरिकाको ऋण लिने सीमा बढाएर ५ ट्रिलियन डलर पु¥याएको छ । यसबाट इलन मस्क र ट्रम्पको रिपब्लिकन पार्टीका धेरै समर्थकहरु पनि आक्रोशित भएका छन् ।

कल्याणः गरिब र अपाङ्गता भएकाहरूका लागि विशेष गरी मेडिकेड स्वास्थ्य बीमा कार्यक्रम र खाद्य सहायता कार्यक्रममा खर्च गरिएको रकममा नयाँ प्रतिबन्धहरू लगाइएको छ। अब ६५ वर्ष मुनिका र नाबालिग सन्तान नभएका मानिसहरु तिनीहरूले स्वास्थ्य बिमा वा खाध्य सहायता प्राप्त गर्न प्रति महिना कम्तिमा ८० घण्टा काम गर्नुपर्ने भएको छ । अमेरिकाका गाउँहरूमा अस्पतालहरूलाई सहयोग गर्न ५० बिलियन पाँच वर्षिय कोष सिर्जना गरिएको छ।

महिला स्वास्थ्यः अमेरिकाको संघीय सरकारबाट ‘प्लान्ड पेरेंटहुडझ् नामक संस्थालाई एक वर्षको लागि आर्थिक सहयोग रोकिएको छ । ‘प्लान्ड पेरेंटहुड’  संयुक्त राज्य अमेरिकामा एक राष्ट्रव्यापी महिला स्वास्थ्य संगठन हो, जुन प्रायः गर्भपतनको काम गराउँछ । यो नीतिले रिपब्लिकन पार्टीमाथी प्रहार लक्षित रहेको छ।

नवजात शिशु कोषः अमेरिकामा नवजात शिशुको जन्म भएपछि उनीहरुको नाममा अब १ हजार डलर जम्मा गरी बचत खाता खोलिनेछ । यी खाताहरूको नाम ‘ट्रम्प खाता’ हुनेछ।

गोल्डेन डोमः ट्रम्पले अमेरिकाले पनि इजरायलको वायु रक्षा प्रणाली ‘आइरन डोम’ जस्तै अत्याधुनिक ‘गोल्डेन डोम’ बनाउने घोषणा गरेका थिए । अब ट्रम्पको यो पहललाई २५ अर्ब डलरको कोष दिइएको छ ।

अन्तरिक्ष कार्यक्रमः अमेरिकाको अन्तरिक्ष कार्यक्रम प्रवर्द्धन गरिएको छ। मंगल ग्रहको मिसनका लागि १० अर्ब डलर दिइएको छ र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले अवकाशपछि डिकमिशन गर्नका लागि ३२ करोड ५० लाख डलर पाउने छन्।

धनी विश्वविद्यालयमा नयाँ करः अमेरिकाका धनी विश्वविद्यालयमा नयाँ कर लगाइएको छ ।

  • international
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

लोकप्रिय

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

२०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

२०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
  • प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
  • हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक
  • एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता
  • काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.