काठमाडौं । मंगलबार बिहान ल्हेन्दे खोलामा आएको बाढीले रसुवाको रसुवागढीस्थित भन्सार यार्डमा राखिएका ६५ वटा सवारी साधन बगाएको पुष्टि भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको क्षतिको विवरण अनुसार बाढीले ३५ वटा विद्युतीय सवारी (ईभी), २४ वटा मालबाहक कन्टेनर र ६ वटा मालवाहक ट्रक बगाएको हो ।
त्यस्तै, बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउँदा दुई देश बीचको सम्पर्क टुटेको छ भने ईभी चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ । भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको प्रहरीले जनाएको छ ।