Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, २५
म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

काठमाडौं। म्याग्दीमा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो अचानक आएको पहिरोमा परी एकको मृत्यु हुनुका साथै थप एक बेपत्ता भएका छन् । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो गएको थियो । अचानक आएको पहिरोमा पुरिएर लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो ।

समाचार अनुसार उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक भने बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् ।

उनका अनुसार घर नजिकैको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको थियो । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

साथै, पहिरो थुनिएको म्याग्दी खोलावाट अहिले पानी निकास हुन थालेको छ ।

Top Changing Nepal

युट्युब सट्स