पिएसजीलाई सफलता माथी सफलता, पुग्यो क्लब विश्वकपको फाइनलमा
काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
स्पेनिस महारथी रियल म्याड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
बुधबार राति न्यू जर्सीसिथ्त मेटलाइफ रंगशालामा सम्पन्न खेलमा पिएसजीलाई जित दिलाउन मिडफिल्डर फाबियन रुइजले २ तथा ओसामान डेम्बेले र गोन्सालो रामोसले समान एक गोल गरेर क्लबलाई विश्वकपको फाइनलमा प्रवेश गराएका हुन ।
पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा थप एक गोल हाने पछि रियाल म्याड्रिड शुन्य गोलबाट बाहिरिनु परेको हो ।
यो जितसँगै पिएसजी सिजनको पाँचौ उपाधिको नजिकसमेत पुगेको छ । पिएसजीले यो सिजन घरेलु लिग, लिग वान, घरेलु प्रतियोगिता कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ।
यो हारसँगै रियाल भने यो सिजनमा उपाधिविहीन बनेको छ ।
अब पिएसजीले आइतबार उपाधिका लागि इङ्लिस क्लब चेल्सीको सामना गर्नेछ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

