Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

गुजरातमा पुल भाँच्चिदाँ मृत्यु हुनेको संख्या १५ पुग्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, २६
गुजरातमा पुल भाँच्चिदाँ मृत्यु हुनेको संख्या १५ पुग्यो

नयाँदिल्ली । भारतको गुजरातमा पुल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । 

एनडीआरएफको खोजी अभियानमा आज बिहान दुईवटा शव फेला परेका छन् । सोही क्रममा चार जना अझै बेपत्ता छन् । उद्धार कार्य जारी छ।

दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रमेशभाई (बुवा), नैतिक (छोरां) र वेदिका (छोरी) भावनगरको बगदाना जाँदै थिए। तीनै जनाको आजै अन्तिम संस्कार गरिएको छ ।

वडोदराको महिसागर नदीमा बनेको पुल बुधबार बिहान भाँचिएको हो । पुल भत्किँदा दुई ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका थिए । त्यही क्रममा एउटा ट्याङ्कर भाँचिएको छेउमा अड्किएको थियो । नदीमा डुबेका ८ जनाको स्थानीयले उद्धार गरेका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्छ। पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाड जस्ता सहरबाट सौराष्ट्र पुग्न अझै समय लाग्ने छ । अब यसका लागि अहमदाबाद हुँदै जानुपर्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा शोक व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

Top Changing Nepal

युट्युब सट्स