Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

हुथीहरूले फेरी डुबाए लालसागरमा कार्गो जहाज, ४ को मृत्यु १५ अझै बेपत्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, २६
हुथीहरूले फेरी डुबाए लालसागरमा कार्गो जहाज, ४ को मृत्यु १५ अझै बेपत्ता

साना । लाल सागरमा विगत केही दिनदेखिको शान्ति पुनः भंग भएको छ । गत बुधवार यमनको इरान समर्थित हुथी लडाकुहरूले आक्रमण गरेका दुई जहाजमध्ये एउटा ‘इटर्निटी सी’ पूर्ण रूपमा डुबेको छ । यो घटनाले लाल सागरमा पानीजहाजको सुरक्षामा फेरि गम्भीर प्रश्न खडा गरेको छ ।

सोमबार र मंगलबार फेरि समुद्री ड्रोन र रकेटले हुथी लडाकुहरूले जहाजलाई आक्रमण गर्दा यो दुर्घटना भएको हो। बुधबार बिहानसम्म जहाज पूरै पानीले ढाकिएको थियो। यस जहाजमा रहेका २५ चालक दलका सदस्यमध्ये ६ जनालाई कुनै न कुनै तरिकाले बचाइएको छ भने १५ जना अझै बेपत्ता रहेका छन् ।जबकि ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

हुथी बिद्रोहीहरूले सो घटनाको भिडियो जारी गरेका छन, जसमा जहाजको डेकमा एउटा प्वाल देख्न सकिन्छ। यसबाहेक जहाजको अगाडिको भाग फिल्म टाइटानिकमा देखाइए जस्तै उभिएको थियो।

उद्धार गरिएका ६ जनाले २४ घण्टाभन्दा बढी समय समुन्द्रमा पौडी खेलेर बाँचेको उद्धारमा संलग्न एकाइले बताएको छ । हुथी समूहले नै आफूले चालक दलका केही सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको दाबी गरेको छ, सो जहाजमा २१ फिलिपिनो नागरिक सवार रहेका थिए ।

एक ग्रीक र एक भारतीयसहित एक रूसी र तीन सुरक्षा गार्ड रहेका छन । उद्धार गरिएकामध्ये एक भारतीय सुरक्षा गार्ड पनि छन् । त्यसको एक दिनअघि हुथी समूहले ‘म्याजिक सी’ नामक अर्को जहाजमा पनि आक्रमण गरेको थियो । त्यसका सबै सदस्यको ज्यान गएको थियो ।

हुथी लडाकुहरूले नोभेम्बर २०२३ देखि डिसेम्बर २०२४ सम्म १०० भन्दा बढी जहाजहरूलाई निशाना बनाएका छन्। तिनीहरूले यी आक्रमणहरू प्यालेस्टिनीहरूको समर्थनमा, विशेष गरी गाजा युद्धको विरुद्धमा गरिएको दाबी गर्छन्। दुवै जहाज लाइबेरियाको झण्डा मुनि यात्रा गरिरहेका थिए र ग्रीक कम्पनीहरूले सञ्चालन गरेका थिए। तथ्याङ्कले देखाउँछ कि यी जस्तै अन्य जहाजहरूले पनि गत वर्ष इजरायली बन्दरगाहहरूमा सम्पर्क गरेका थिए।

यी आक्रमणहरू पछि लाल सागरमा जहाजहरूको आवागमनमा तीव्र गिरावट आएको छ। जुलाई ८ मा ३० जहाज मात्रै यो मार्गबाट ​​गुज्रने हिम्मत गरेका थिए भने १ जुलाइमा यो संख्या ४३ थियो। यसको प्रत्यक्ष असर तेलको मूल्यमा परेको छ, जुन २३ जुनयताकै उच्च विन्दुमा पुगेको छ ।

निर्दोष नागरिकको ज्यानसँग खेलवाड गर्नु अस्वीकार्य छ भनी विश्वव्यापी शिपिंग उद्योग एकजुट भएको छ। उनले सबै देशलाई समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न कदम चाल्न आग्रह गरेका छन् ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स