बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते
बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ ।
सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु हुनेमा अन्दाजी २४ बर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेका छन ।
धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शनिवार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको थियो ।
दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएका छन् ।
घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा प्राथमिक उपचार गराइएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


