कर्णाली एसभिएसः कोचमा राई र मार्की खेलाडी रेग्मी अनुबन्धित
जानकारी केन्द्र
२०८२, श्रावण, ३
काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली एसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्धित गरेको छ।
पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने क्षमता राख्ने रेग्मीले छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा इन्ट्री मारेकी थिइन्।
रेग्मीले पहिलो संस्करणमा टिमलाई विजेता बनाउन महत्वपूर्ण योगदान गरेकै कारण दोस्रो संस्करणमा पनि अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ।
हेड कोच राई पनि पुराना अनुभवी मानिन्छन्। उनी पनि दोस्रो संस्करणमा पनि दोहोरिएका छन्। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

