सिराहा । सिराहाको लहान नगरपालिका १३ सरस्वती टोलका ७५ वर्षीय रामनाथ यादवको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा जडान गरिएको विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थाका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





