अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु
इस्तानबुल । टर्किकी सबैभन्दा वृद्ध महिला मानिने होदी गुरकानको हालै निधन भएको छ । निधन हुदाँ उनको उमेर १३१ वर्ष थियो। उनले दक्षिण–पूर्वी टर्किको सानलिउर्फा प्रान्तको विरानसेहिर जिल्लाको बिनेक्ली भन्ने ग्रामीण इलाकामा अन्तिम श्वाँस लिइन् । गुर्कनको नाम आधिकारिक जनसंख्या रेकर्डमा रेकर्ड गरिएको छ र जस अनुसार उनको जन्म १ जुलाई १८९४ मा भएको थियो।
टर्की टुडेको समाचार अनुसार उनले आफ्नो जीवनमा टर्की इतिहासका धेरै महत्त्वपूर्ण चरणहरू देखेकी थिइन् । ओटोमन साम्राज्यको अन्तिम वर्ष टर्कीको स्वतन्त्रता युद्ध, आधुनिक गणतन्त्र, अता तुर्कको स्थापना र त्यसपछि नयाँ युगको उदय सबै देख्न र भोग्न पाएकी एक मात्र जिवित महिला थिइन् ।
होडी गुर्कनले आफ्नो सम्पूर्ण जीवन बिनेक्ली जन्मेको गाउँमा बिताइन् । यो गाउँ विरानसेहिर शहरबाट करिब ३५ किलोमिटर टाढा रहेको छ । उनले कुल ७ सन्तानलाई जन्म दिइन्, धेरै पुस्ताहरूमा आफ्नो परिवार फैलाइन् । आज उनको परिवारमा ११० जना नातिनातिना छन् र अझ धेरै पनाति पनातिनाहरू पनि रहेका छन ।
गाउँलेहरूका लागि उनी बुढी महिला मात्र नभई इतिहासको जिउँदो किताब थिइन्। उनको ज्ञान, अनुभव र पारिवारिक मार्गदर्शनले उनलाई धेरै सम्मानित स्थान प्राप्त थियो ।
गुर्कन उनको गाउँमा सम्मानित र प्रेरणादायी व्यक्तित्व थिइन्। उनको उमेर र अनुभवले उनलाई समाजमा महत्त्वपूर्ण स्थान दिएको छ। उनको अन्तिम यात्रा बिनाकेलीको समाधिस्थलमा भएको थियो, जसमा परिवारका सदस्य र स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको थियो ।
होदी गुर्कनको जन्म त्यो युगमा भएको थियो जब टर्कीमा ओटोमन साम्राज्यको शासन थियो। उनले टर्कीको स्वतन्त्रताको संघर्ष, नयाँ गणतन्त्रको गठन र आधुनिक युगको लामो यात्राको साक्षी थिइन । उनको जीवन यात्राले टर्कीको इतिहासमा धेरै महत्त्वपूर्ण घटनाहरू देख्न पाएको छ ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
आज भाइटीका मनाइँदै, बिहान ११ः०७ बजे उत्तम साइत
कृषि व्यवसायीकरणको अभिन्न अंग कृषि यान्त्रिकरण हो : कृषि सचिव डा. मिश्र
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
ट्रेन्डिङ
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
२०८३ कार्तिक २१ गते शनिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
