सिँचाइका लागि जडान गरिएको मोटरबाट करेन्ट लागेर रौतहटमा एकजनाको मृत्यु
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा आईतवार राति करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आईतवार राति साढे ९ बजे जाफिर खेतमा सिँचाइका लागि जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा आएर गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, राति पौने ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिएका छन्।
घटनाको जानकारी प्राप्त भएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल रामपुरखाप प्रहरी चौकीबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ। मृतकको शव पोष्टमार्टमका लागि हाल गौर अस्पतालमै राखिएको छ। प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ।
रौतहटमा बिधुतिय करेन्ट लागेर गत आर्थिक बर्षमा २३ जनाको मृत्यु भएको थियो भने हालसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


