शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड
काठमाडौं । शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् ।
फास्ट बलर मोहम्मद सिराज इंग्ल्याण्डमा भएको टेस्ट सिरिजमा भारतीयका लागि संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । हेर्नुहोस् यो टेस्ट खेलमा बनेका ६ ठूला रेकर्डहरूः
मोहम्मद सिराजले लिए २३ विकेटः
अन्तिम टेस्टका नायक बने फास्ट बलर सिराज, जसले दोस्रो इनिङ्समा पाँच विकेट लिएका थिए । अन्तिम दिन भारतलाई जितका लागि ४ विकेट चाहिएको थियो, जसमा सिराज एक्लैले ३ विकेट लिएका थिए । योसँगै मोहम्मद सिराजले यस सिरिजमा २३ विकेट लिएर बुमराहको कीर्तिमानको बराबरी गरेका छन् । इंग्ल्याण्डमा भारतीय बलरको यो उत्कृष्ट प्रदर्शन हो । बुमराहले २०२१–२२ मा २३ विकेट लिएका थिए।
एन्डरसन–तेन्दुलकर ट्रफीमा सर्वाधिक विकेट
यस सिरिजबाट सुरु भएको एन्डरसन–तेन्दुलकर सिरिजमा सबैभन्दा बढी विकेट लिने बलर पनि मोहम्मद सिराज नै हुन्। उनले ५ टेस्ट खेलेर २३ विकेट लिएका छन् । दोस्रो स्थानमा इङ्ल्यान्डका जोश टङ्गु छन्, जसले १९ विकेट लिएका छन् ।
भारतीय क्रिकेट टिमको सबैभन्दा नजिकको जित
‘द ओभल’ मा भारतीय टोलीले ६ रनले जित्यो, जुन टेस्ट क्रिकेटमा भारतको सबैभन्दा सानो रनको जित हो। यसअघि सन् २००४ मा भारतले अस्ट्रेलियाविरुद्ध मुम्बईमा भएको टेस्ट १३ रनले जितेको थियो ।
भारतले सिरिजमा बनायो ३८०९ रन
भारतले यस सिरिजमा ३ हजार ८०९ रन बनाएको छ, जुन ५ म्याचको टेस्ट सिरिजमा कुनै पनि टोलीले बनाएको भन्दा सबैभन्दा धेरै रन हो। इंग्ल्याण्डले भारत विरुद्धको लगातार चौथो सिरिज जित्न सकेको छैन ।
जो रुटले स्टिभ स्मिथको बराबरी गरे
जो रुटले पाँचौं टेस्टमा १०५ रन बनाए, जुन उनको भारतविरुद्धको टेस्टमा १३ औँ र १६औँ अन्तर्राष्ट्रिय शतक हो। उनले भारतविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने स्टिभ स्मिथको बराबरी गरेका छन् ।
शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान
भारतीय कप्तान शुभमन गिलले यस सिरिजमा ७ सय ५४ रन बनाएका छन्, जसले इंग्ल्याण्डका पूर्व कप्तान ग्राहम गुचको कीर्तिमान तोडेका छन् । गिल भारत र इंग्ल्याण्डबीचको टेस्ट सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान गुचको नाममा थियो जसले सन् १९९० मा ७५२ रन बनाएका थिए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

