भारतको उत्तराखण्डमा बाढी : ७ नेपालीको मृत्यु, केही बेपत्ता अझै बेपत्ता
जानकारी केन्द्र
२०८२, श्रावण, २४
काठमाडौं । भारतको उत्तराखण्डमा मंगलबार आएको बाढीमा परी ७ जना नेपालीको ज्यान गएको छ भने ६ जना अझै बेपत्ता रहेका छन्। मजदूरीका लागि भारत गएका जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना तीव्र धारको बाढीमा बेपत्ता भएका थिए। जसमध्ये ७ जनाको शव फेला परेका छन् भने बाँकीको खोजी कार्य जारी छ।
भारतको उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकास्थित धराली गाउँमा मंगलबार एक्कासी आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृतकमध्ये कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निमबहादुर सिंह, रविन सिंह, जनकबहादुर शाही र एकजना अज्ञात व्यक्ति रहेका छन्।
बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुशे गाउँपालिकाले नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

