नेपाललाई फेरी कालोसूचीमा राख्ने चेतावनी
काठमाडौं १२ असार ।
सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ ।
यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले ,बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनीमार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
केही अघि आएको अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैकको मिसनले यस्तो चेतवनी दिएको राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिएको छ ।
यस्तै फइनान्सियल एक्सन टाक्स फोर्स अन्गर्ततको एसिया प्यासिफिक ग्रुप अफ एन्टी मनी लाउन्डरिङले पनि नेपाल सरकारका उच्च अधिकारीलाई भेटेर यस्तै चेतावनी दिएको स्रोतले जानकारी दियो ।
बैकिङ प्रणलीमार्फत हुने मनी ट्रान्सफरमा समस्या नभए पनिमनी ट्रान्सफर कम्पनीको नियम र अनुगमन प्रणाली कमजोर हुँदा यस्तो समस्या आएको आरोप लगाइएको छ ।
तरल राजनीतिक अवस्थाका कारण सरकार कमजोर भएको र चाहरेर पनि कारबाह गिर्न नसकेको गुनासो मिसन अधिकारीहरुले गरेका छन् ।
राजधानीबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

