मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य
जानकारी केन्द्र
२०८२, श्रावण, ३१
मोरङ । पथरी बजारमा बिहिबार साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा ती महिलाको मृत्यु भएको हो ।
मृत्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए ।
स्थानीयका अनुसार मृतक महिला करिब ४० वर्षकी थिइन् र उनी बेवारिसे अवस्थामा बजार वरपर घुमफिर गर्ने गर्थिन्।
प्रहरीले जनाएअनुसार ठक्कर दिने मिनि ट्रकको नम्बर खुल्न नसकेको र ट्रक घटनापछि फरार भएको छ।
दुर्घटना गराई फरार भएको ट्रक र चालकको खोजी तीव्र पार्दै विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

