नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । कर छलीको आरोपमा एनसेलका टावरहरुमा आक्रमण चलाएको सो पार्टीले सोही क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
उपत्यका संयोजक सन्तोष बुढामगर सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए । त्यसअघि सिहरदरवार वरीपरि धर्ना र जुलुस निकालिएको थियो ।
कालो ब्यानर र पार्टीको झण्डा बोकेका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । नेकपा माओवादीले भ्रष्टाचार, महंगी र कालोबजारीको विरोध गर्ने क्रममा आफ्ना कार्यकर्ताहरु पक्राउ परेको दाबी गरेको छ । उनीहरुलाई सम्मान रिहा गर्नुपर्ने र भूकम्प पीडितलाई एकमुष्ठ १० लाख रूपैयाँ दिनुपर्ने माओवादीको माग छ ।
माओवादीले बिहीबारै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत् पनि सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।