विप्लव माओवादीले ज्ञापनपत्र बुझाउँदै भन्यो,‘ पक्रेका कार्यकर्ता छाड’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । कर छलीको आरोपमा एनसेलका टावरहरुमा आक्रमण चलाएको सो पार्टीले सोही क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
उपत्यका संयोजक सन्तोष बुढामगर सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए । त्यसअघि सिहरदरवार वरीपरि धर्ना र जुलुस निकालिएको थियो ।
कालो ब्यानर र पार्टीको झण्डा बोकेका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । नेकपा माओवादीले भ्रष्टाचार, महंगी र कालोबजारीको विरोध गर्ने क्रममा आफ्ना कार्यकर्ताहरु पक्राउ परेको दाबी गरेको छ । उनीहरुलाई सम्मान रिहा गर्नुपर्ने र भूकम्प पीडितलाई एकमुष्ठ १० लाख रूपैयाँ दिनुपर्ने माओवादीको माग छ ।
माओवादीले बिहीबारै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत् पनि सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

