काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ। उपत्यकामा बुधबार बिहान ८:४५ देखि बिहीबार बिहान ८:४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ।
उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो। सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ। उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए।
महाशाखाका अनुसार यसअघि मनसुन सुरु भएपछि उपत्यकामा सामान्यत: २३६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेको थियो। सुवेदीका अनुसार यस वर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउामा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ। नेपालमा मनसुन सामान्यत: २८ जेठदेखि सुरु भएर असोज पहिलो सातासम्म सकिन्छ।