भुकम्प पीडित कोटामा क्यानडा पठाईदिने भनी ठगी गर्ने पक्राउ
जानकारी केन्द्र
२०७३, असार, २०
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार भुकम्प पीडित कोटामा क्यानडा पठाई दिने भनी ठगी गर्ने काठमाडौ धापासी घर भई हाल टोखा नगरपालिका–८ बस्ने ३१ बर्षीय देव जङ्ग पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।
पण्डितले क्यानडाको लागि भुकम्प पीडितको कोटा आएको छ भनि बुढानिलकण्ठ नगरपालिका–१७ बस्ने मच्छे श्रेष्ठलाई बिश्वास दिलाई पटक पटक गरी २२ लाख आई.एम.ई गरि खातामा राख्न लगाएपछि क्यानडा पठाउने भनि साउथ अफ्रिकासम्म पुर्याई अलपत्र पारी फरार भएका थिए ।
पीडित आफै नेपाल फर्किई महानगरीय अपराध महाशाखामा निबेदन दिएकोपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको थियो । निजलाई ठगी मुद्धामा थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौमा पठाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

