कर्णाली यशभिसबाट ‘एभरेस्ट महिला भलिबल लिग’ खेल्ने ३ महिला खेलाडी नेपाल आइपुगे
काठमाडौं । पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन्।
सोमबार काठमाडौं ओर्लिएका उनीहरू आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा कर्णाली यशभिसबाट खेल्नेछन्। ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी ‘इभान्जेलिया चान्टाभा’ सोमबार विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लिइन् भने ब्राजिलियन खेलाडी द्धय ‘आना फ्लाभिया’ र ‘मायरा भिटोरिया’ पनि सोमबार साँझ नेपाल आइपुगिन्।
सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन्। खेल जीवनमा उनको टिम दर्जनौ पटक विजेता बनेको छ भने दर्जनौ अवार्ड समेत पाइसकेकी छन्। आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो। सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन्। स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन्।
मायरा भिटोरिया पनि अनुभवी खेलाडी भित्र पर्दछिन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनीहरुले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको र कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने दाबी पेश गरे।

सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

