नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा नदिने भएका छन ।
सत्तारुढ गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माओवादी केन्द्रले समर्थन फिर्ता लिदैमा प्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने निष्कर्स निकालेको हो ।
बैठकले संसदमा सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने र सो प्रस्ताव स्विकृत भए राजिनामा दिनु पर्ने निर्णय गरेको छ ।
त्यसैगरी गठबन्धनले अब सरकारमा आउने विषयमा नेपाली काग्रेससहितका दलहरुसँग छलफल अघि बढाउने निर्णय गर्दै अविश्वासको प्रस्ताव दर्ता नभएपनि ३० दिनभित्र सरकारको तर्फबाटै विश्वासको मत लिन अघि बढ्ने निर्णय गरेको छ ।
बैठकमा माओवादीले गठबन्धन तोडेर गंभिर गल्ती गरेको भन्दै गठबन्धनका सबै दलले आलोचना गरेका थिए । बैठकमा साना दलले गठबन्धनमा सामान्य छलफल समेत नगरी समर्थन फिर्ता लिने निर्णयले माओवादीमा चरम सत्ता लिप्सा रहेको पुष्टि रहेको भन्दै माओवादी विश्वास योग्य पार्टी नभएको बताएका थिए ।
उनीहरुले सत्ताकोलागि जे पनि गर्न तयार हुने माओवादीलाई सत्ताको नेतृत्वमा पुग्न नदिन एमालेले काग्रेसको नेतृत्व स्विकार गरेर अघि बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।
प्रधानमन्त्रीले राजिनामा नदिने, संसदको प्रक्रियाको सामाना गर्ने
प्रधानमन्त्रीले राजिनामा नदिने, संसदको प्रक्रियाको सामाना गर्ने

तपाईको प्रतिक्रिया