महोत्तरी । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ निवासी ४५ वर्षीया पिंकी देवी यादवको करेन्ट लागेर बिहिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर अवस्थामा उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।