सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
काठमाडौँ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडिया प्लेटफर्मको माउ कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । आज मात्र सरकारले नेपालमा दर्ता नभएका सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरबाट मेटा कम्पनीका प्रतिनिधि सञ्चार मन्त्रालयको सम्पर्कमा आएका हुन् । उनले दर्ताका लागि के कस्ता प्रक्रिया छन् भनेर सोधीखोजी गरेपछि मन्त्रालयले आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरमा रहेको मेटा कम्पनीका प्रतिनिधिले शुक्रवार अनौपचारिक रूपमा सम्पर्क गरेका थिए । उनले मन्त्री पृथ्वी सुब्बा गुरुङका सल्लाहकार शालिग्राम पराजुलीलाई मेटा कम्पनीका अधिकारीहरूले सरकारको निर्णय बारे सोधेका थिए भने नेपालको विद्यमान कानुन अनुसार के के कागजपत्र चाहिन्छ भनेर जिज्ञाशा राखेका थिए ।
‘हामीले उनको इमेल ठेगानमा माग्यौँ । सो इमेलमा नेपाल सरकारले गर्न लागेको व्यवस्थाको बारेमा जनकारी दिइसक्यौँ,’ ठाकुरले भने ‘अब चाँडै दर्ता हुने कुरो बुझिएको छ ।’ उनका अनुसार नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्चालन र ओटीटी प्लेटफर्म कम्पनीहरू दर्ता लगत्तै सञ्चालन गन्नुभन्ने निर्देशन मन्त्रालयबाट दूरसञ्चार प्राधिकरणलाइ दिइसकिएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

