काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ९ बथानचौडीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बाग्मती प्रदेश ०१–००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थानका ४६ वर्षीय भुवन भुजेलको ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि शुभ–स्वस्तिक अस्पताल, बर्दिबास लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा अर्का एक जना पैदलयात्री घाइते भएका छन् ।
उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।