सडक दुर्घटनाले फेरि लियो ज्यान : पैदलयात्रीको मृत्यु, एक जना घाइते
जानकारी केन्द्र
२०८२, भाद्र, २०
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ९ बथानचौडीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बाग्मती प्रदेश ०१–००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थानका ४६ वर्षीय भुवन भुजेलको ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि शुभ–स्वस्तिक अस्पताल, बर्दिबास लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा अर्का एक जना पैदलयात्री घाइते भएका छन् ।
उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

