सिरहामा विद्यालयकै बसले किचेर सात वर्षीय बालकको निधन
सिरहा । घरमा पुर्याउन गएको बसले किचेर सात वर्षीय छात्र बालक आदर्श कुमार साहको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका २ का मदन साहका ७ वर्षीय छोरा मृतक बालक पिजी कक्षामा अध्ययनरत थिए ।
पढाई सकेर बालबालिकालाई घर घरमा पुर्याउन गएको ‘ट्रिनिटी सेकेन्ड्री बोर्डिङ्ग स्कूल’ गोलबजार नगरपालिका २ को बसमा सवार बालक ओर्लिने बेलामा बसबाट लडेका थिए । बालक ओर्लिदै गर्दा लडेको थाहा नपाएका बस चालकले त्यही बेलामा बस अगाडि बढाए ।
बालक साहको टाउको नै बसको पछाडिको पांग्रामा पर्यो । बालक साह ठहरै भए । मृतक बालकको शव पोष्टमार्टमको लागि प्रहरीले लहान अस्पताल पठाएको छ । बस चालक तथा विद्यालयका प्रिन्सिपल फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।
घर नजिकै बसबाट ओर्लिने क्रममा दुर्घटनामा परी बालक साहको ज्यान गएपछि बालकका माता पिता भावविह्वल भएका छन् । गोलबजार नगरपालिका २ लालपुर गाउँ नै शोकमग्न भएको छ ।
सम्बन्धित समाचार
एआई कन्टेन्ट पहिचान र डिजिटल सुरक्षाका लागि टिकटकका नयाँ पहल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
