मधेशमा मौरीपालन सम्बन्धि अवसर तथा चुनौती बारे कार्यशाला गोष्ठी सम्पन्न
बारा । नेपालमा कृषि क्षेत्रलाई सम्मानजनक पेशाको रूपमा स्थापित गर्न र कृषि क्रान्ति ल्याउने उद्देश्यले गत बिहिबार मधेश प्रदेशको महोत्तरी स्थित बर्दिवासमा मौरीपालन सम्बन्धि अवसर तथा चुनौती बारे नितिगत वकालत कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।
मधेश प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र नेपाल मौरी पालक महासंघ मधेश प्रदेशले आयोजना गरेको यस कार्यशालामा मौरीपालन सम्बन्धि अवसर तथा चुनौती बारे नितिगत वकालत कार्यशाला गोष्ठीमा मौरी पालनबाट हुने कृषि क्रान्ति, चुनौती र सम्भावनाका विषयमा गहन छलफल भएको थियो ।
कार्यक्रमका सहभागीहरुले मौरीबाट उत्पादन हुने मह बिक्रीलाई पहिलो सम्मानजनक पेशा बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेश प्रदेश सरकारले छिटै मौरी पालक किसानहरुलाई सरकारले लगानी गर्ने जानकारी दिए । उनले कृषि ऐन माफत कृषकलाई सहुलेत दिने बताए ।
यस्तै मधेस प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालया सचीव डा. उमेश दाहालले मन्त्रालयको आगामी कार्य योजनामा मौरी कृर्षकलाई प्रबद्र्धन गर्न विशेष प्याकेज निमार्ण गरी कार्यक्रम गरिने जानकारी दिए ।

आयोजक नेपाल मौरी पालक महासंघ मधेश प्रदेशका अध्यक्ष रत्न दास खतिवडाले नेपालको अर्थतन्त्र परम्परागत रूपमा कृषिमा निर्भर भएता पनि कृषिलाई सरकारले पर्याप्त महत्व दिँदै आएको छैन भन्दै यस क्षेत्रमा ठूलो सुधार आवश्यक रहेको बताए ।
कार्याक्रममा प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्र ललितपुरका प्रमुख भोजराज सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल मौरी पालक महासंघ पुर्व सहसचिव मौरी बिज्ञ दुर्गा प्रसाद दवाडीले नेपालमा मौरी ब्यवसाय संभावना र चुनौती बारे कार्यपत्र प्रस्तुत गरियको थिए भने मधेस प्रदेशमा मौरी ब्यवसाय संभावना र चुनौती बारे कार्यपत्र प्रस्तुत भने कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका अध्यक्ष सरोज कोइरालाले गरेका थिए ।
कार्याक्रमका सहजीकरणका रुपमा रहेको कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र निजगढका अध्यक्ष कोइरालाले मदेश प्रदेशका रौतहट, सर्लाही, बारा र महोत्तरीमा रहेका दुई सय २२ जना मह उत्पादकबाट दुई सय ९० मेटिक टन मह उत्पादन हुने जानकारी दिए ।
कार्यक्रमका अन्य वक्ताहरुले नेपाली समाजमा नेपाली महलाई भन्दा भारतिय तथा अन्य मुलुकका महलाई गुर्णस्तरीए भएको भन्दै नेपाली महको गलत प्रचार भएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले मह पालन र कृषि पेशाप्रति भएको नकारात्मक धारणालाई चुनौती दिँदै किसानी पेशालाई सम्मानजनक बनाउनुपर्ने माग गरे ।
कार्यक्रमलाई हेल्भेटास नेपाल र इन इलम मधेश प्रदेशले सहकार्य गरेको थियो । इन इलम हेल्भेटासका मधेश प्रदेश संयोजक कृष्णलाल कर्णले हाल इलम परियोजनाले मौरी किसानका निम्ती गरिरहेको काम तथा प्रगतिहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले मह पालक किसानलाई सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्ने, किसानलाई सिंहदरवारमा सहज प्रवेश, बैंकमा लाइन वस्न नपर्ने जस्ता सुविधा उपलब्ध गराउनुपर्ने र कृषि पेशालाई सम्मानजनक बनाउनुपर्ने मागहरु राखे ।
यसैबीच, कार्यक्रममा तीन वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए जसमा नेपालमा कृषि क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु र सम्भावनाहरुबारे विस्तृत विश्लेषण प्रस्तुत गरिएको थियो ।
यस कार्यशालाले नेपालमा कृषि क्षेत्रलाई अझ बलियो बनाउने र कृषि क्रान्ति ल्याउने दिशामा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
